PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

आइपिएल क्रिकेट : कोलकताद्वारा पञ्जाव ८ विकेटले पराजित



पहिलोपोस्ट

आइपिएल क्रिकेट : कोलकताद्वारा पञ्जाव ८ विकेटले पराजित

इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) अन्तर्गत गएरातिको खेलमा कोलकता नाइट राइडर्सले किंग्स इलेभेन पञ्जावलाई ८ विकेटले पराजित गरेको छ। कोलकताको घरेलु मैदानमा भएको खेलमा कप्तान गौतम गम्भीरले नटआउट ७२ रन बनाए। दुई खेल लगातार जितेको पञ्जावको यात्रामा कोलकताका कप्तान गम्भीर र उमेश यादव बाधक बने।

पञ्जावले दिएको १७१ रनको लक्ष्य कोलकताले २१ बल अगावै तीन विकेट गुमाएर पूरा गर्‍यो।

इडन गार्डेनमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावको ओपनिङ राम्रो भए पनि फिनिसिङ गर्न सकेन। पञ्जावका लागि ओपनर मनन वोहरा र डेविड मिलर दुवैले समान २८ रन बनाए। यस्तै अर्का ओपनर हसिम अमला, कप्तान ग्लेन म्याक्सवेल र विकेटकिपर ऋदिमान साहले समान २५ रनको योगदान दिए।

जवाफी ब्याटिङमा उत्रिएको कोलकताले ओपनरका रुपमा सुनील नारायणलाई खेलाएको थियो। नारायणले १८ बलमा ३७ रनको योगदान दिए। कप्तान गम्भीर ४९ बलमा ७२ रन बनाउँदै नटआउट रहे। मनीष पाण्डेले कोलकताको खातामा नटआउट २५ रनको योगदान दिए। रोविन उथप्पाले २६ रन बनाए।

बलिङतर्फ कोलकताका उमेश यादवले ४ विकेट लिए। पञ्जावका अक्सर पटेल र वरुण आरोनले एक÷एक विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell