PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

प्रधानमन्त्रीद्वारा ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियानको शुभारम्भ



पहिलोपोस्ट

प्रधानमन्त्रीद्वारा ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियानको शुभारम्भ

काठमाडौं : प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियानको शुभारम्भ गरेका छन्। नयाँ बर्षको सुरुवातसँगै स्वास्थ्य मन्त्रालयले नयाँ अभियान सुरु गरेको हो।

स्वास्थ्य मन्त्रालयको आयोजनामा त्रिपुरेश्वरको दशरथ रंगशालावाट सुरु गरिएको अभियानको झण्डोत्तलन र मंगलधुनका साथ प्रधानमन्त्रीले अभियान शुभारम्भ गरेका हुन्। अभियान शुभारम्भका अवसरमा स्वास्थ्य मन्त्री गगन थापा, उर्जामन्त्री जनार्दन शर्मा, बनमन्त्री शंकर भण्डारीसहितका मन्त्री, सांसद, कर्मचारी, समाजसेवी, विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता थियो।

कार्यक्रम उद्घाटन लगत्तै दशरथ रंगशालाबाट सुरु भएको अभियानात्मक र्‍याली बसन्तपुरमा पुगेर समापन भएको थियो ।

‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान अन्तर्गत आज देशभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell