PahiloPost

May 15, 2025 | २ जेठ २०८२

अफगान हवाई सुरक्षा बलको आक्रमणमा ११ आतङ्ककारी मारिए



पहिलोपोस्ट

अफगान हवाई सुरक्षा बलको आक्रमणमा ११ आतङ्ककारी मारिए

सरीपुल : अफगानिस्तानको उत्तरी प्रान्त सरीपुलमा आतङ्ककारीको अखडालाई लक्ष्यगरी अफगान हवाई बलले गरेको हवाई आक्रमणमा परी कम्तीमा ११ आतङ्ककारी मारिएको सैनिक स्रोतले बिहीबार जानकारी दिएको छ। 

सरीपुल प्रान्तको सयाद जिल्लामा तालिवान आतङ्ककारी लुकेर बसेको अखडालक्षित यस आक्रमणमा अन्य १० आतङ्ककारी घाइते भएका छन्। 

अफगानिस्तानको राजधानी काबुलबाट ३५० किलोमिटर उत्तरमा पर्ने सरीपुल प्रान्तको सयाद जिल्लामा भएको यस हवाई आक्रमणमा सुरक्षाबलले १५ वटा मोटर साइकलसमेत ध्वस्त गरेको सैनिक स्रोतले जानकारी दिएको छ। 

सरीपुल प्रान्तको छिमेकमा पर्ने फर्याब र जावजान प्रान्तमा पनि गत दुई वर्षयता सुरक्षा बल र आतङ्ककारीबीच झडप भइरहेको छ। 

सन् २०१४ को अन्त्यमा अमेरिकाआवद्ध नेटो सैनिकले अफगानिस्तानमा तालिवानसँग जारी रहेको युद्धमा युद्धभूमिमा गएर लडाई नगर्ने निर्णय गरी प्राय नेटो सैनिकले अफगानिस्तान छाडेर आ–आफ्नो देश फर्किएका थिए। 

त्यहाँ बाँकी रहेका केही नेटो सैनिक पनि आफगान सुरक्षाबललाई तालिम र सरसल्लाह दिन कार्यमा मात्र संलग्न रहेका छन्। 

सन् २०१५ को सुरुबाट नै अफगानिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मेवारी अफगान सुरक्षाबलको काँधमा आइपरेको छ। 

तालिवानसँगको यस युद्धमा अफगान सुरक्षाबलले केही हदसम्म सफलता पनि हात पारेका छन्। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell