काठमाडौं: फिल्म 'प्रेमगीत २'को शीर्ष गीत 'काहानी यो प्रेम गीतको'को भिडियो युट्युवमा रुचाइएको फिल्म युनिटको दाबी छ। अपलोड गरेको २४ घन्टामा भिडियो नेपाल ट्रेन्डिङको आठौं स्थानमा उक्लियो।
हालसम्म सो भिडियोलाई ८ लाख ११ हजार पटक हेरिएको छ। कल्याण सिंहद्धारा संगीतबद्ध गीतमा रोहितजोन क्षेत्री र श्रेया सोताङको स्वर रहेको छ। गीतको भिडियोमा अभिनेत्री अश्लेषा ठकुरी र प्रदीप खड्काको फिचरिङ रहेको छ।
‘यो रेकर्ड ब्रेकिङ भ्युज हो’ निर्माता सन्तोष सेनले प्रतिक्रिया दिए, ‘यसले नेपाली सिनेमाको संगीतलाई अर्को उचाइमा लैजानेछ।’ गीतको सफलताबाट संगीतकार सिंहसमेत खुशि छन्। उनले आफ्ना लागि गीतको भ्यूअर्जसिप महत्वपूर्ण हुने बताए।
यस्तो छ भिडियो: