PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

नयाँ वर्षको दिन ककनीमा स्कुटर दुर्घटना हुँदा चालक युवतीको मृत्यु



पहिलोपोस्ट

नयाँ वर्षको दिन ककनीमा स्कुटर दुर्घटना हुँदा चालक युवतीको मृत्यु

काठमाडौँ : नुवाकोटको ककनी गाउँपालिका-१ मा आज स्कुटर दुर्घटना हुँदा चालकको घट्नास्थलमै मृत्यु भएको छ भने पछाडी सवार एक महिला घाइते भएकी छिन्।

मृत्यु हुनेमा काठमाडौ नयाँ बजार बस्ने २० वर्षीया रुपा लामा रहेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ। सोही दुर्घटनामा स्कुटरमा पछाडि सवार २२ वर्षीया श्रृजना श्रेष्ठ घाइते भएकी छिन्। घाइतेलाई उपचारको लागि काठमाडौं ल्याइएको छ।

बा ७९ प ९० ९८ नम्बरको स्कुटर आज बिहान पौंने ९ बजे अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको प्रहरी चौकी ककनीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell