काठमाडौं : नारायणगढ-मुग्लिन सडकखण्ड सुचारु भएको छ। नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चारकिलो भन्ने ठाउँमा शुक्रबार विहानबाट गएको सुख्खा पहिरो गएको कारण केही घण्टा सडक अवरुद्ध थियो।
शुक्रवार १ बजेबाट सडक सुचारु भएको ट्राफिक प्रहरीले जनाएको छ।
यसअघि गत चैत २३ गते सोही सडकखण्डको कविलासको घुमाउने भन्ने ठाउँमा गएको सुख्खा पहिरोमा परी दुई जनाको मृत्यु भएको थियो। पहिरोमा परी पाँच वटा मोटरसाइकल, एउटा ट्रक, एउटा ट्याङ्कर, एउटा कार, एउटा टाटामोबाइल गाडीसहित ९ वटा सवारी साधन पनि पुरिएका थिए।