PahiloPost

May 19, 2025 | ६ जेठ २०८२

प्रचण्ड, देउवा र ओलीको नयाँ वर्ष शुभकामना सन्देशमा के छ?



पहिलोपोस्ट

प्रचण्ड, देउवा र ओलीको नयाँ वर्ष शुभकामना सन्देशमा के छ?

काठमाडौँ : नयाँ वर्ष २०७४ को अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गरेका छन्। उनीहरुले आफ्ना सन्देशमा स्थानीय तह निर्वाचनको विषयलाई छुटाएका छैनन्। 

'लगभग बीस वर्षको अन्तराल पछि २०७४ वैशाख ३१ गते नेपाली नागरिकले स्थानीय तहमा आफ्ना प्रतिनिधि छान्ने अवसर पाउदैछन् । नयाँ संरचना र परिवर्तित शासकीय स्वरुपमा हुन गैरहेको यस निर्वाचन विगतको भन्दा धेरै अर्थमा पक्कै् फरक रहेको छ। यस निर्वाचनलाई स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्न सम्बद्ध सबैमा म विशेष आव्हान गर्दछ', प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्। 

उनले सरकारले २०७४ मा संघीयता कार्यान्वयनका आवश्यक नीति, ऐन, कानून तर्जुमा र संस्थागत पूर्वाधारको सिर्जना र अनुकूल राजनैतिक वातावरण सिर्जना गर्ने कामलाई उच्च प्राथमिकता दिने उल्लेख गरेका छन्। त्यस्तै तीन वटै निर्वाचन यसै वर्ष गर्ने जनाएका छन्। 

कांग्रेस सभापति देउवाले मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर बनाउन स्थानीय तहको निर्वाचन महत्वपूर्ण रहेको उल्लेख गरेका छन्। 
'नयाँ वर्षको यो अवसरमा, देशभरका सम्पूर्ण वालिग नागरिकहरुलाई उत्साहका साथ निर्वाचनमा सहभागी हुन म हार्दिक अपिल गर्दछु । मुलुकको समग्र आर्थिक विकासका लागि सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरु मुलुक, मुलुकवासी र लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थ र सिमाभन्दा माथि उठेर एकतावद्ध भई अगाडि बढ्न आवश्यक छ', देउवाले भनेका छन्। 

त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो र लोकतन्त्रलाई जनताको घर–आँगनमा पुर्यापउने प्रभावशाली प्रक्रियाको रूपमा स्थानीय तह निर्वाचन रहेको उल्लेख गरेका छन्। 

'नयाँ बर्ष २०७४ नेपालको राजनीतिक स्थायित्व र लोकतन्त्र सुदृढीकरणको स्मरणीय बर्षका रूपमा अङ्कित हुने विश्वास मैले लिएको छु। म दाजुभाइ दिदीबहिनीहरूलाई नयाँ बर्षको सुरुमै हुन गइरहेको स्थानीय निर्वाचनमा उत्साहका साथ सहभागी हुन र आफूले चुनेका प्रतिनिधिहरूका माध्यमबाट विकास निर्माण र समृद्धि प्राप्तिको महाअभियानलाई तीव्रता दिन अनुरोध गर्दछ', ओलीले जारी गरेको विज्ञप्तीम उल्लेख छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकाना सन्देशमा स्थानीय तहको पुनःसंरचना र शहरहरुमा लोडसेडिङ्गको अन्त्यलाई २०७३ को सुखद पक्षको रुपमा ब्याख्या गरेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell