PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

'बाहुबली'की तमन्ना भाटिया बोल्न र सुन्न नसक्ने



पहिलोपोस्ट

'बाहुबली'की तमन्ना भाटिया बोल्न र सुन्न नसक्ने

बहुप्रतिक्षित फिल्म 'बाहुबली: द कनक्लुजन की अभिनेत्री तमन्ना भाटियाको भूमिका बारे खबर सार्वजनिक भएको छ। उनले बोल्न र सुन्न नसक्ने पात्रको भूमिका निभाएको फस्टपोस्टले जनाएको छ।

तमन्नाले भनिन्,'लाग्यो दर्शकले मलाई फरक भूमिकामा देख्न चाहेका थिए। त्यसैले पनि बाहुबली २ मा म भिन्न रुपमा देखिएकी छु।' उनले आफू फिल्ममा बोल्दै नबोल्ने पात्रको रुपमा देखिएको जानकारी दिइन्। आफू प्रभुदेवासँग पुन: स्क्रिन सियर गर्न लागेपनि यो पटक फरक भूमिका निभाएको जनाइन्। यस अघि उनी प्रभुदेवा र सोनु सुदसँग टुटक टुटक टुटियामा देखिएकी थिइन्।

बाहुबली पहिलो संस्करणका सम्पुर्ण पात्रहरु पुरानै अभतारमा देखिएपनि दुई महिला पात्र अनुष्का सेट्ठी र तमन्ना फरक रुपमा प्रस्तुत हुन लागेका छन्।

फिल्म अप्रिल २८ बाट प्रदर्शनमा आउँदैछ। एसएस राजामौलीको निर्देशनमा तयार फिल्मले रिलिज अघि पाँच सय करोडको ग्रस कलेक्शन गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell