PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

गीतमा शरणार्थीको ‘माटो प्रेम’



पहिलोपोस्ट

गीतमा शरणार्थीको ‘माटो प्रेम’

काठमाडौं: भुटानी शरणार्थीको कथामा बनेको फिल्म ‘देश खोज्दै जाँदा’को गीत सार्वजनिक भएको छ। नयाँ वर्ष २०७४ को अवसरमा शनिवार फिल्म युनिटले युट्युबमार्फत ‘छातीमा लागेको माटो त’ बोलको गीत सार्वजनिक गरेको हो।

गीतमा श्रवण मुकारुङको शब्द र आभाषको संगीत रहेको छ। स्वरुपराज आचार्यले गीतमा स्वर दिएका छन्। गीतको भिडियोमा आफ्नो देश र पहिचानका लागि संघर्ष गरिरहेका शरणार्थीहरुको पिडादायी जीवन व्यक्त देखाउन खोजिएको छ।

भिडियोमा कलाकारहरु हेमन्त बुढाथोकी, बाबु बोगटी लगायतलाई देख्न सकिन्छ। फिल्मको कथा लेखन र निर्देशन साहित्यकार समेत रहेका प्रकाश आङदेम्बेले गरेका हुन्। कवि उपेन्द्र सुब्बाले पटकथा तयार पारेका हुन्। सामतेन भुटियाले सह निर्देशन गरेका हुन्।

हेर्नुस् भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell