PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

क्लब लिग भलिबल : न्युडायमण्ड र एपीएफ महिलातर्फ फाइनलमा



पहिलोपोस्ट

क्लब लिग भलिबल : न्युडायमण्ड र एपीएफ महिलातर्फ फाइनलमा
न्यु डायमण्डकी कप्तान ललितानाथ जाउलाखेल विरुद्ध क्वीइक स्पाइक गर्दै

काठमाडौं : सशस्त्र प्रहरी बलको एपीएफ र पुरानो नैकापको न्यूडायमन्ड एकेडेमीले तेस्रो आरबीबी–एनभीए महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको महिलातर्फ फाइनल यात्रा तय गरेका छन्। यस्तै पुरुषतर्फ नेपाल पुलिस क्लबले फाइनलमा स्थान बनाएको छ।

एपीएफ र न्यूडायमन्डले लिग चरणमा अपराजित रहँदै एक खेल खेल्नु अघि नै उपाधि भिडन्त पक्का गरेका हुन्। लिग चरणको अन्तिम खेल आइतबार यी दुई टोली बीच लिगको अन्तिम खेल हुँदैछ। तर यो नतिजाले फाइनल भिडन्तमा कुनै असर गर्ने छैन। 

शनिबार भएको महिलातर्फको खेलमा न्युडायमन्डले जाउलाखेल भलिबल क्लबलाई २५–५, २५–८, २५–२ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। शनिबारै भएको खेलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चल क्षेत्रिय भलिबललाई १७–२५, २५–१८, २५–२१, २५–२० ले हराएपनि दुबै टोली उपाधि होडबाट बाहिरिएका छन्। आर्मी र जाउलाखेल क्लबको पनि उपाधि यात्रा समाप्त भएको छ।  महिलातर्फ आइतबार लिगका बाँकी खेलमा पश्चिमाञ्चल र आर्मी तथा न्यूडायमण्ड र एपीएफबीच खेल हुनेछ।

नेपाल पुलिस फाइनलमा
शनिबारै भएको खेलमा हेल्प स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा पराजित गर्दै नेपाल पुलिस पुरुषतर्फ फाइनल प्रवेश गरेको छ।

अपराजित रहदै फाइनल पुग्ने क्रममा पुलिसले हेल्प नेपालमाथी २५–२३, १९–२५, २५–१६, ३०–२८ को रोमाञ्चक जित निकाल्यो। 

फाइनलमा पुग्ने दोस्रो टिमको छिनोफानो भने आइतबार हुने आर्मी र हेल्प नेपालबीचको खेलबाट तय हुनेछ। शनिबारै भएको अन्य खेलमा पश्चिमाञ्चल र मनिमुकुन्दले सान्त्वना जित निकालेका छन्।

पश्चिमाञ्चलले जाउलाखेललाई २५–१३, २५–१५, २५–१६ को सेटमा हरायो। मनिमुकुन्दले ढोरपाटनलाई २५–१७, २८–२६, २५–१२ को सेटमा पराजित गर्‌यो। 

११ वर्षीय प्रेक्षाको डेब्यू
न्यु डायमण्ड एकेडेमीमा हालै कक्षा ७ मा प्रवेश गरेकी ११ वर्षीय प्रेक्षा राईले आरबीबी–एनभीए महिला तथा पुरुष क्लव लिग भलिबल प्रतियोगितामा डेब्यू गरेकी छन्। 

शनिबार महिलातर्फको लिग खेलमा न्यु डायमण्ड स्पोर्टस् क्लबबाट ओपन स्पाइकर पनमिका राईको स्थानमा प्रेक्षा टिमकी सदस्य भएकी थिईन्। 

उनले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र बिरुद्धको खेलमा दोश्रो सेटमा कोर्टमा प्रवेश गरेकी थिईन्। उनले दोश्रो सेटमा स्पाईक मार्फत टिमका लागि महत्वपूर्ण २ अंक दिलाएकी थिईन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell