
टोटनहमले एएफसी बर्नमाउथलाई ४-० ले पराजित गर्दै शीर्ष स्थानको चेल्सीसँग अंक दूरी ४ मा झारेको छ।
शनिबार भएको खेलमा टोटनहमका लागि चार फरक खेलाडीले गोद गर्दै ३ अंक दिलाए। टोटनहमका लागि माउसा डेम्बेले, हेउन मिन सन ह्यारी केन र भिनसेन्ट जानसेनले गोल गरे।
जितपछि टोटनहमको ३२ खेलबाट ७१ अंक भएको छ। एक खेल कम खेलेको चेल्सीको ७५ अंक छ र सोमबार चेल्सीले म्यानचेष्टर युनाइटेइसँग खेल्नेछ।