PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

स्थानीय निर्वाचन : मुख्य निर्वाचन अधिकृतको कार्यालय आजदेखि सञ्चालनमा



पहिलोपोस्ट

स्थानीय निर्वाचन : मुख्य निर्वाचन अधिकृतको कार्यालय आजदेखि सञ्चालनमा

काठमाडौं : स्थानीय निर्वाचनको तयारी अन्तर्गत आजदेखि देशभर मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछन्। जिल्ला न्यायाधीशको नेतृत्वमा ७५ वटै जिल्लामा जिल्ला निर्वाचन अधिकृतको कार्यालय स्थापना हुन लागेको हो। 

मुख्य निर्वाचन कार्यालयले निर्वाचनको प्राविधिक तयारीसँगै निर्वाचन अधिकृत र मतदान केन्द्र व्यवस्थापनका लागि समन्वयात्मक काम अघि बढाउछ। मुख्य निर्वाचन अधिकृतलाई जिल्लाभरको निर्वाचन कार्यक्रमको अनुगमन तथा आवश्यक निर्देशनको अधिकार ऐनले तोकेको छ। 

निर्वाचन अधिकृतको कार्यालय भने वैशाख १२ गतेबाट सञ्चालनमा आउनेछ। निर्वाचन अधिकृतमा नियुक्त भएका ६६९ र जगेडमा नियुक्त भएका समेतलाई आयोगले आवश्यक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ। निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार वैशाख १६ गते उम्मेद्वार मनोनयन हुनेछ। 

निर्वाचन तयारी अन्तर्गत निर्वाचन आयोगले मतपत्र छपाइ, परिचयपत्र छपाइ लगायतका काम धमाधम गरिरहेको छ। स्थानीय तह निर्वाचनमा सवै जिल्लामा मतदान केन्द्र तोक्ने काम सम्पन्न भइसकेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell