PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

जोगमाई खोलाबाट विद्युत् उत्पादन सुरु, केन्द्रीय प्रसारणमा थपियो साढे ७  मेगावाट बिजुली



पहिलोपोस्ट

इलाम : नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोगमाई खोलाबाट उत्पादित ७.५ मेगावाट बिजुली थप भएको छ। 

निजी क्षेत्रद्वारा प्रवद्र्धित सान्भी इनर्जीले इलामको नामसालिङ र तत्कालीन नयाँबजार गाविसमा पर्ने जोगमाई खोलाबाट विद्युत् उत्पादन सुरु गरेको हो। 

‘प्राधिकरणका प्राविधिकहरूको रोहवरमा विद्युत्गृहको सफल परीक्षणपछि परीक्षण विद्युत् उत्पादन सुरु भएको हो’ –सान्भी इनर्जीका प्रबन्ध निर्देशक भानु पोखरेलले भने। 

पोखरेलका अनुसार हाल उत्पादित विद्युत् प्राधिकरणको गोदकस्थित १३२ र ३३ केभी सवस्टेसनमा आपूर्ति भएको छ। उक्त विद्युत्गृहले वार्षिक रूपमा ४३ लाख युनिट बिजुली उत्पादन गर्छ। आयोजनाले उत्पादन गरेको सबै बिजुली विद्युत्गृहदेखि काबेली करिडोरअन्तर्गत ३३ केभी प्रसारण लाइनमार्फत गोदकस्थित सवस्टेसनमा पु¥याइएको छ। 

आयोजनाले ३० वर्षका लागि प्राधिकरणसँग बर्खायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदयाममा प्रतियुनिट आठ रूपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ। पिपिएअनुसार व्यापारिक उत्पादन भएको मितिदेखि पाँच वर्षसम्मका लागि वार्षिक तीन प्रतिशत मूल्य वृद्धि हुनेछ। 

आयोजना पूरा हुन २७ महिना लागेको थियो। रु एक अर्ब ५० करोडको लागतमा आयोजना सम्पन्न भएको प्रबन्ध निर्देशक पोखरेलले बताए। आयोजनामा लक्ष्मी बैंकको अगुवाइमा प्रभु बैंक, विभोर सोसाइटी बैंक र कैलाश विकास बैं्कले लगानी गरेका छन्। 

यस आयोजनामा अन्तर्रा्ष्ट्रियस्तरमा जडित उपकरण छन् र कतिपय इलेक्ट्रो मेकानिकल उपकरणहरू पहिलोपटक नेपालमा भित्र्याइएका छन्। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell