
वागढु : बुर्किना फासोको सुन उत्खनन सन् २०१७ मा ४५ टन पु¥याउने यहाँका प्रधानमन्त्री पाउल कावा थिवाले संसद् सम्बोधनका क्रममा बताएका छन्।
खानीमा भएका गतिविधिको प्रगति हेर्दा यस वर्षभर ४५ टनभन्दा बढी सुन उत्खनन गरिने देखिएको थिवाले शुक्रबार बताएका हुन्।
उनले यसवर्ष (सन् २०१७) मा दुई नयाँ खानीबाट समेत सुनको उत्खनन सुरु गरिएकाले उत्पादनमा वृद्धि हुने देखिएको बताए। उनका अनुसार बुर्किनाफासोमा अहिलेसम्म आठ सुन खानी सञ्चालनमा रहेकामा अबदेखि सो संख्यान १० पुग्नेछ।
त्यसैगरी पश्चिम अफ्रिकी राष्ट्र बुर्किनाफासोमा जिङ्कको उत्पादनमा पनि वृद्धि गर्दै एक लाख ३० हजार टन उत्खनन गरिने र यो अहिलेसम्मकै सबैभन्दा धेरै हुने प्रधानमन्त्री थिवाले बताए।
बुर्किना फासोमा खानी सञ्चालनबाट सन् २०१६ मा ७० लाख अमेरिकी डलर राजस्व आम्दानी भएको थियो। अघिल्लो वर्षको भन्दा १२.८ प्रतिशत वृद्धि हुँदा अफ्रिकी यस मुलुकको राजस्व आम्दानी झन्डै पौने चार करोड अमेरिकी डलर पुगेको हो।
पछिल्ला वर्षमा राष्ट्रिय राजस्व सङ्कलन दर बढाउने उद्देश्यले यहाँको सरकारले खानीजन्य उत्पादनमा वृद्धि गरेको छ। रासस/सिन्ह्वा