PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

आइपीएल : दिल्लीको लगातार दोस्रो जित, पञ्जाव ५१ रनले पराजित



पहिलोपोस्ट

आइपीएल : दिल्लीको लगातार दोस्रो जित, पञ्जाव ५१ रनले पराजित

आइपीएल क्रिकेट अन्तर्गत शानिबार राति भएको खेलमा दिल्ली डेयरडेविल्सले किंग्स इलेवन पञ्जावलाई ५१ रनले पराजित गरेको छ। 

१८९ रनको लक्ष्य पछ्याएको पञ्जाव १३७ रनमा समेटिएको हो। पञ्जावलाई सस्तोमा समेट्ने क्रममा दिल्लीका क्रिस मोरिसले तीन विकेट लिए। पहिलो खेल हारेको दिल्लीको यो लगातार दोस्रो जित हो।

टस जितेर पहिले ब्याटिङ रोजेको दिल्लीले साम बिलिङ्सको ५५ रनको मद्दतमा १८८ रन बनाएको थियो। दिल्लीको इनिङ्मास जेम्स एन्डरसनले नटआउट ३९ रनको योगदान दिए। २२ बल खेलेका एन्डरसनले समान ३ चौका र छक्का प्रहार गरे।

१८९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पञ्जावले गलितो सुरुवात गर्न सकेन। पञ्जावका अक्सर पटेलले आक्रमक ४४ रनको पारी खेले पनि टिमलाई हारबाट जोगाउन सकेनन्। पञ्जावको इनिङमा डेविड मिलरले २४ रनको योगदान दिए। 

बलिङतर्फ दिल्लीका क्रिस मोरिसले ३ तथा साहबाज नदिमले दुई विकेट लिए। पञ्जावका वरुण आरोनले ४५ रन खर्चेर दुई विकेट हात पारे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell