PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

ला लिगा : इस्कोले जिताए रियल मड्रिडलाई, बार्सिलोनाको जितमा मेसीको दुई गोल



पहिलोपोस्ट

ला लिगा : इस्कोले जिताए रियल मड्रिडलाई, बार्सिलोनाको जितमा मेसीको दुई गोल

इस्कोले खेलको अन्तिम मिनेटमा निर्णायक गोल गरेपछि अंक तालिकाको शीर्ष स्थानमा रहेको रियल मड्रिडले ला लिगामा स्पोर्टिङ होनलाई ३-२ ले पराजित गरेको छ।  

यता लियोनल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले रियल सोसिडाडलाई ३-२ गोल अन्तरले नै पराजित गर्दै रियलसँगको अंक दुरी ३ मा कायमै राखेको छ। 

जितपछि रियलको ३१ खेलबाट ७५ अंक छ भने बार्सिलोनाको ७२ अंक छ। 

क्रिस्टियानो रोनाल्डो, गारेथ बेल र करिम बेन्जामा बिनै मैदान उत्रेको रियल १४औं मिनेटमा डुजे कोपले गोल गरेपछि पछि परेको थियो। तर त्यसको ३ मिनेटपछि नै इस्कोले गोल गर्दै खेल बराबरी गरे। 

५०औं मिनेटमा मिकेल भेस्काले गोल गर्लै गिहोनलाई २-१ को अग्रता दिलाएका थिए। तर यसपटक पनि गिहोन भागयमानी हुन सकेन। ५९ औं मिनेटमा अल्भारो मोराटाले रियलका लागि बराबरी गोल फर्काए भने ९० औंमिनेटमा इसक्ले व्यक्तिगत दोस्रो गोल गर्दै रियलललाई ३ अंक दिलाए।

यता पहिलो हाफमै सबै ५ गोल भएको खेलमा बार्सिलोनाले सोसिडाडलाई ३-२ ले हरायो। बार्सिलोनाको जितमा मेसीले १७ र ३७औं मिनेटमा गोल गरे भने पाका अल्कासेरले ४४औं मिनेटमा गोल गरे। 

सोसिडाडका लागि ४२औं मिनेटमा बार्सिलोनाका सामुएल उम्टीटीले आत्मघाट्टी गोल उपहार दिए भने पहिलो हाफको इन्जुरी टाइममा जावी प्रिएटोले एक गोल गरे।

अर्को खेलमा तेस्रो स्थानको एथ्लेटिकोले मड्रिडले ओसासुनालाई ३-० ले पराजित गरेको छ। एथ्ले६कोका लागि यानिक कारास्कोले २ तथा फिलिपे लुइसले १ गोल गरे।

जितपछि एथ्लेटिकोको ३२ खेलबाट ६५ अंक भएको छ भने चौथो स्थानको सेभियामाथि ४ अंकको अग्रता कायम गरेको छ। तर स्भियाले एक खेल कम खेलेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell