PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

प्रिमियर लिग : पुनरागमनमा सिटीका लागि कोम्पनीको गोल, एभरटन पाँचौ स्थानमा उक्लियो



पहिलोपोस्ट

प्रिमियर लिग : पुनरागमनमा सिटीका लागि कोम्पनीको गोल, एभरटन पाँचौ स्थानमा उक्लियो

कप्तान भिनसेन्ट कोम्पनीले पुनरागमन खेलमा गोल गर्दा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिबार साउथह्याम्पटनलाई ३-० ले पराजित गर्दै अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। 

घरेलु मैदान एतिहाड स्टिडयममा भएको खेलमा सिटीका लागि ५५औं मिनेटमा कोम्पनीले पहिलो गोल गरेको थिए। लरेय सानेले ७७औं तथा सर्जियो अगुएरोले ८०औं मिनेटमा गोल गरेपछि सिटीले सहज जित हात पारेको हो। 

जितपछि ३२ खेलबा६ ६४ अंक जोडेको सिटी लिभरपुललाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको हो। लिभरपुलको समान खेलबाट ६२ अंक छ। 

यता एभरटन बर्नीलेलाई ३-१ ले पराजित गर्दै पाँचौ स्थानमा उक्लेको छ। एभरटनका लागि फिल जगेइल्का र रोमेले लुकाकुले गोल गरे। बर्नीलेका बेन मीले आत्मघाती गोल उपहार दिए। बर्नीलेका लागि साम भोक्सले पेनाल्टीमार्फत सान्त्वना गोल गरे। 

जितपछि ३३ खेलबाट ५७ अंक जोडेको एभरटनले म्यानचेष्टर युनाइटेड र आर्सनललाई पछि पारेको हो। तर युनाइटेड र अर्सनलले समान ३० खेल मात्र खेलेका छन्। युनाइटेडको पनि एभरटन समान ५७ अंक छ र आइतबार घरेलु मैदानमा शीर्ष स्थानको चेल्सीसँग खेल्नेछ। चेल्सीको ३१ खेलबाट ७५ अंक छ। 

अन्य खेलमा स्टोक सिटीले हल सिटीलाई ३-१ ले पराजित गर्दै ११औं स्थानमा उक्लेको छ भने साविक विजेता लेस्टर क्रिस्टल प्यालेससँग २-२ गोलको बराबरीमा रोकिएपछि १२औं स्थानमा झरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell