PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

प्रतिनिधित्व सुनिश्चित भएपछि चुनावी अभियानमा पुरुषभन्दा महिला सक्रिय 



पहिलोपोस्ट

प्रतिनिधित्व सुनिश्चित भएपछि चुनावी अभियानमा पुरुषभन्दा महिला सक्रिय 

रामपुर : स्थानीय तहको निर्वाचनको सरगर्मीले पाल्पामा पुरुषभन्दा महिला चुनावी प्रचारात्मक कार्यमा व्यस्त छन्। यसपटकको चुनावमा निर्वाचन आयोगले महिला आरक्षण कोटा छुट्याएपछि महिला चुनावी माहोलमा व्यस्त देखिएका छन्। 

सधैँ घरायसी काममा मात्र सीमित रहन बाध्य महिला आरक्षण कोटाले उनीहरु नगर तथा गाउँको नेतृत्व आफ्नो हातमा पार्नका निम्ति रातदिन चुनावी कसरतमा लागेका छन्। गाउँपालिका तथा नगरको टोल, गाउँ बस्ती, वडा वडामा पुगेर कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा महिला निकै उत्साहका साथ लागेका छन्। 

महिला नेतृत्वले महिलाका समस्या, हक अधिकारका कुराहरु सम्बन्धित क्षेत्रमा सम्बोधन हुने आशाले पनि महिलाले यसपटकको निर्वाचनलाई विशेष चासो र महत्वका साथ लिएका छन्। 

रामपुरकी विष्णु घिमिरे आचार्य अहिले नेपाली काँग्रेसबाट रामपुर नगरपालिकाको उपप्रमुख पदमा नेतृत्व गर्ने तयारीका साथ चुनावी प्रचारात्मक अभियानमा टोल, गाउँ, वडा र नगरभित्र जुटेकी छन्। 
उनले आफूले उपप्रमुख पदको नेतृत्व गर्न पाएको खण्डमा महिलाका हरेक समस्या सम्बन्धित निकायमा पु¥याउने र महिला उत्थानका लागि विशेष काम गर्ने प्रतिबद्धता जनाएकी छन्। उनले भनिन् ‘पार्टीगत रुपमा नहेरी असल नेतृत्वकर्ता योग्य उम्मेदवार छनोट गरेर मतदान गर्नुुपर्छ।’ 

नेकपा ९एमाले०को तर्फबाट नगरको उपप्रमुख पदमा होमिएकी दुर्गा राना पनि यतिबेला चुनावी प्रचारमा गाउँ गाउँमा पुगेकी छन्। महिला सधैँ पछाडि नै छन्, त्यसमा पनि जनजाति, दलित महिलाले कहिल्यै कुनै पनि स्थानमा नेतृत्व गर्ने अवसर नपाउँदा पछाडि परेको उनी बताउछिन्। उनले अबको निर्वाचनमा जनजातिको तर्फबाट आफूले नगरको उपप्रमुख पदमा नेतृत्व गर्ने दाबाका साथ चुनावी माहोलमा उत्रिएको बताइन्। 

राष्ट्रिय जनमोर्चा अखिल क्रान्तिकारीको तर्फबाट नगरको उपप्रमुख पदमा कुन्तादेवी गैरे पनि उम्मेदवारी दिने तयारीका साथ प्रचारप्रसारमा लागेकी छन्। उनी भन्छिन् ‘पहिला महिलालाई अवसर र परिवारबाट सहयोग नहुँदा महिला सधैँ पछाडि नै रहिरहे। नगरको नेतृत्व गर्न श्रीमान् र परिवारबाट राम्रो सहयोग मिलेकाले उम्मेदवारी दिने तयारीमा छु।’ उनले भनिन्। 

जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा यतिबेला पुरुषभन्दा महिला नेतृत्वकर्ताको चुनावी चहलपहल बढ्दो देखिन्छ। नगरपालिका, गाउँपालिकाका वडा वडामा उम्मेदवारको नाम दर्ता गराउने कार्यमा पनि महिलाको संख्या नै उल्लेख्य रहेको छ। रासस



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell