PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

नेपाल र चिनियाँ सेनाबीच आजदेखि ‘सगरमाथा फ्रेण्डसीप अभ्यास’ 



पहिलोपोस्ट

नेपाल र चिनियाँ सेनाबीच आजदेखि ‘सगरमाथा फ्रेण्डसीप अभ्यास’ 

काठमाडौं : नेपाल र चीनका सेनाले आजदेखि दश दिन संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्। ‘सगरमाथा फ्रेण्डसीप अभ्यास’ नाम दिइएको अभ्यास वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ। 

चीनसँग पहिलोपटक संयुक्त सैन्य अभ्यास हुन लागेको हो।

संयुक्त अभ्यासमा भाग लिन चिनियाँ जनमुक्ति सेनाको विशेष टोली शनिबार काठमाडौं आइपुगेका हो। चिनियाँ जनमुक्ति सेनाका कर्नेल याङ सुमेङको नेतृत्वमा २२ सदस्यीय टोली काठमाडौं आएको हो। 

नेपाल र चीनबीच पहिलोपटक संयुक्त सैन्य अभ्यास हुन लागेको हो। अभ्यास आतंकवादबाट भविष्यमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै गर्न लागेको नेपाली सेनाले जनाएको छ। नेपालले भारतसँग मिलेर ‘सूर्य किरण’ सैन्य अभ्यास गर्दै आएको छ। 

नेपालले चीनसँग संयुक्त सैन्य अभ्यास गर्न लागेको विषयमा भारतले चासो देखाउँदै आएको छ। जसलाई स्पष्ट गर्न सेनाले भूमिका बाँधेको देखिन्छ। चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका बेला समेत संयुक्त सैन्य अभ्यासबारे कुराकानी भएको थियो। सेनाले तालिमबाट दुवै देशले आफ्नो अनुभव आदान प्रदान गर्दै पेशागत क्षमता अभिवृद्धि हुने उल्लेख गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell