PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

गैंडा मारेको शोकमा चितवनमा शोक र्‍याली



पहिलोपोस्ट

रत्ननगर : तस्करले दुर्लभ एकसिङ्गे गैँडा मारेको शोकमा आज चितवनको रत्ननगरस्थित सौराहामा झोपो बानेर शोक र्‍याली प्रदर्शन गरिएको छ। 

चितवन राष्ट्रिय निकुञ्ज आसपासका झन्डै ४० वटा संघ–संस्थाले संयुक्त रुपमा कार्यक्रम गरी शोक र्‍याली निकालेका हुन्। यही चैतको अन्तिम साता पश्चिम चितवनको जगतपुरस्थित हरियाली सामुदायिक वनमा तस्करले गैँडालाई गोली हानेर मारी खागसमेत लगेको थियो। 

त्यसको विरोधमा २२औँ वन्यजन्तु सप्ताहको तेस्रो दिनमा ‘युवा अग्रसरता : संरक्षण र समृद्धिको सुनिश्चितता’ भन्ने मूल नारासहित आज निकालिएको शोक ¥यालीले सौराहाको विभिन्न क्षेत्र परिक्रमा गरी गैँडा चोकमा कार्यक्रम गरिएको छ। 

संरक्षणमा चेतना दिन यसरी आज शोक ¥याली निकालिएको भन्दै चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले अझै संरक्षणमा चुनौती रहेकाले हातेमालो आवश्यक भएको बताए। 

चितवन निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, वर्ड एजुकेसन सोसाइटी, यहाँका विभिन्न सामुदायिक वन, पर्यटनसँग सम्बन्धित सङ्घसंस्था तथा संरक्षणमा सहभागी संघ–संस्थाको संयुक्त आयोजनाका कार्यक्रम भएको हो। 

‘दुर्लभ एकसिङ्गे गैँडा तथा बाघ एवम् वन्यजन्तु नेपालको अमूल्य सम्पत्ति हुन, संरक्षणकर्मी तथा चरा विज्ञ टीका गिरीले भने ‘संरक्षण चुनौती भएको छ।’

वन्यजन्तु संरक्षणसँग समृद्धि पनि जोडिएकाले संरक्षणबिना पर्यटन व्यवसाय पनि फस्टाउन नसक्ने बाघ संरक्षण समितिका संयोजक जीतु तामाङले बताए।

१ गतेदेखि सुरु भएको सप्ताहअन्तर्गत अहिलेसम्म सरसफाइ, सचेतनामूलक कार्यक्रम, चरा अवलोकन, जङ्गल सफारी फोटो प्रदर्शनी कार्यक्रम गरिएको चोरी सिकार नियन्त्रण युवा जागरण अभियानकी अध्यक्ष डोमा पौडेलले जानकारी दिनुभयो । 

वैशाख ४ गते घाँसे मैदान व्यवस्थापन, ५ गते निकुञ्जभित्रको खोला सरसफाइ, ६ गते बाघ संरक्षणसम्बन्धी अन्तक्र्रिया र ७ गते गैँडा संरक्षणसम्बन्धी अन्तक्र्रिया गरेर कार्यक्रम सकिने वर्ड एजुकेसन सोसाइटी, चितवनका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell