PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु



पहिलोपोस्ट

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

लहान : सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकखण्डमा गएराति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। 

सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको स४प १९६८ नं. को मोटरसाइकलको ठक्करबाट सिरहाको झोली निवासी ६० वर्षीया सहोदिया कामतीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

ठक्करबाट गम्भीर घाइते भएकी कामतीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ। ठक्कर दिने मोटरसाइकल र चालकलाई जिप्रका, सिरहाले नियन्त्रणमा लिएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell