PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

असिना पानीले पर्सामा चार हजार हेक्टर गहुँबाली नष्ट



पहिलोपोस्ट

असिना पानीले पर्सामा चार हजार हेक्टर गहुँबाली नष्ट

राधेश्याम पटेल

वीरगन्ज : यस वर्षको खराब मौसमले गहुँबाली लगाउने पर्साका किसानहरूलाई थप पीडा दिएको छ। चैत मसान्तभित्र तीन पटकसम्म असिना पानी परेकोले पर्सामा गहुँबाली नराम्ररी प्रभावित भएको छ । दुइ/तीन वर्षयता चैतमा असिना पानी परेको थिएन।

जिल्ला कृषि बिकास कार्यालय, पर्साका प्रमुख वीरेन्द्र सिन्हाले खराब मौसमले ३२ हजार हेक्टरमा लगाइएको गहुँबालीमध्ये ४ हजार हेक्टरमा क्षति पुगेको बताए। सबैभन्दा बढी पर्साको दक्षिणी भेगमा असिना पानीले क्षति पुर्‍याएको उनले बताए । 

बैरियाबिर्ता दापुका किसान सूर्यलाल तेलीका अनुसार उनले लगाएको दुई बिघा गहुँबाली पूरै नष्ट भएको छ। असिनाले गहुँबाली नष्ट गरेको उनको भनाई छ।

पर्साको सबैठवा, पकाहा, तुल्सीबर्वा, धोबिनी, धोरे, लहावरथकरी, बिरूवागुठी, हरिहरपुर, मुडलीलगायतमा असिनाले धेरै क्षति पुर्‍याएको कार्यालयको अनुगमन निरीक्षण तथ्याङ्कमा उल्लेख छ। गत वर्षभन्दा यस वर्ष गहुँबाली उत्पादनमा १० प्रतिशत र्हास आउने प्राविधिकहरूले बताएका छन्।

गत वर्षको गहुँबालीको उत्पादन २.९ मेट्रिक टन थियो। यो वर्ष २.८ मेट्रिक टन उत्पादन हुने कृषि विकास कार्यालयको अनुमान छ। 

गहुँबाली सँगै आँपखेतीमा पनि असिना पानीले क्षति पुर्‍याएको छ। जिल्लाको सबैठवा, भेडिहारी, लहावरथकरी, धोरे, बेलवा, बिरूवागुठी, बगवन्ना, हरिहरपुर, पटेर्वा सुगौलीलगायत गाविसमा करिव ५० प्रतिशत आँप खेतीमा क्षति पुगेको कार्यालयले जनाएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell