PahiloPost

May 30, 2025 | १७ जेठ २०८२

सहारा मरुभूमीमा २५१ किलोमिटरको मल्टी डे म्याराथन सम्पन्न, मोरोक्कोका रचिद एल मोराबिटी पाँचौ पटक च्याम्पियन



पहिलोपोस्ट

सहारा मरुभूमीमा २५१ किलोमिटरको मल्टी डे म्याराथन सम्पन्न, मोरोक्कोका रचिद एल मोराबिटी पाँचौ पटक च्याम्पियन

विश्वकै सबैभन्दा ठूलो मरुभूमी सहारा मरुभूमीमा भएको म्याराथन डेस साबलेस (बालुवामा हुने म्याराथन) को उपाधिक मोरोक्कोका रचिद एल मोराबिटीले जितेका छन्।

६ दिनसम्म हुने मल्टी डे रेसमा २५१ किलोमिटर दुरीको म्याराथनमा उनी पाँचो पटक च्याम्पियन बनेका हुन्। 

रचिद भन्दा ७ सेकेण्ड पछि परेका मोहमद मोराबिटी दोस्रो भए। म्याराथन मोरोक्कोकै दक्षिणी क्षेत्रमा भएको हो। बेलायतका थोमस इभान्स तेस्रो भए।

सन् १९८६ बाट सुरु भएको म्याराथन डेस साबलेसको यो ३२ औं संस्करण हो। 

अहिलेसम्म मोरोक्कोकै लाहचेन अहनसलले सर्वाधिक १० पटक म्याराथनको उपाधि जितेका छन्। उनले १९९९ देखि २००७ सम्म लगातार ९ पटक उपाधि जितेका थिए। 

महिलातर्फ एलिसाबेट बार्नेस पहिलो भइन्। 

यस्तै दुवै खुट्टा नभएका बेलायती भेट्रान धावक डनकन स्लेटर उक्त म्याराथन पुरा गर्नै पहिलो डबल लेग एम्पुटी बनेका छन्। 

कृतिम खुट्टाको सहायतामा उनले २५१ किलोमिटरको दुरी पुरा गरेका हुन्। उनले आफूजस्तै भएका अरुलाई इन्सपायर गर्न यसले मद्दत पुग्ने बताएको बिबिसीले उल्लेख गरेको छ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell