काठमाडौं: पाँचौ ‘जुनियर ब्याटल २०१७’का विजेता घोषित भएका छन्। उमेर समुह अनुसार कक्षा १ र २, कक्षा २ र ४ र कक्षा ५ देखि ८ सम्मका भिन्ना भिन्नै तीन शिर्ष विजेता छानिएका हुन्।
कार्यक्रममा ‘जुनियर ब्याटल एन्जल्स’को शिर्ष उपाधि नाइटेङ्गल स्कुलकी निर्जला खड्काले जितिन्। फष्ट रनर्स अपको उपाधि नाइटिङ्गलकै आरुसी कँडेल र सेकेन्ड रनर्स अपको उपाधि रेडियन्स रिडर स्कुलका दृश्या लामिछानेले हात पारे।
त्यस्तै ‘जुनियर ब्याटल प्रिन्स एन्ड प्रिन्सेज’को उपाधि भने सेन्टजेभिएर्स स्कुलका मोहित महर्जनले जिते। लिलिट एन्जलस स्कुलकी जानवी भण्डारी र जनडुवे स्कुलका विषेशता बुढाथोकीले यही शिर्षकको क्रमश फस्ट र सेकेन्ड रनर्स अपको उपाधि हात पारे।
कार्यक्रममा ‘जुनियर ब्याटल किङ एण्ड क्विन’को उपाधि भने नाइटेङ्गल स्कुलकी रिमा खनालले जितिन्। इन्द्र धनुस स्कुलकी एलिशा आचार्यले रनर्स अप र लिटिल एन्जल्स स्कुलकी अनामीका कार्की सेकेन्ड रनर्स अप घोषित भए।
प्रतियोगीतामा फेसन डिजाइनर उत्तम बनेपाली, नेपाल प्रहरीका डिएसपी सविन प्रधान, सौदर्यकर्मी सिता पाठक, कोरियोग्राफर प्रशान्त तामाङ, अभिनेत्री सुमिना श्रेष्ठ, संगीतकार अनिल शाही, अभिनेत्री वर्षा राउत, शिक्षाविद्ध रन्ञ्जन प्रधान, अधिवक्ता विस्वास अचार्य निर्णायक रहेका थिए।
पढाईमा केही कमजोर देखिएका बालबालीकामा पनि अन्य ट्यालेन्ट लुकेको हुन्छ। ति प्रतिभालाई बाहिर ल्याउनु पर्छ भन्ने मनसायले जुनियर ब्याटल आयोजना गर्दै आएको आयोजक मिडिया ल्याण्डकी सिइयो प्रतिमा श्रेष्ठले बताइन्।