
बलरहरुले उत्कृष्ट प्रदर्शन गर्पछि शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेरन्जर्सले सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगमा लगातार चौथो जित हासिल गरेको छ।
यसअघि नै प्लेअफमा स्थान बनाइसकेको रुपन्देहीले आइतबार भएको पहिलो खेलमा शरद भेषावकरको विराटनगर किंग्सलाई ६१ रनले पराजित गरेको हो। विराटनगरले पनि यसअघि नै प्लेअफमा स्थान बनाइकसको छ।
अपराजित रुपन्देहीको ४ खेलबाट ८ अंक छ भने ५ खेलबाट विराटनगरको ६ अंक छ। रुपन्देहीले अब सिधै फाइनल प्रवेशका लागि लिगमा दोस्रो हुने टिमसँग प्लेअफ खेल्नेछ।
एसएसपी क्रकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेके रुपन्देहीले अन्तिम थपाको ४५ रनको मद्दतमा ८ विकेट गुमाएर १३२ रन बनाएको थियो।
अन्तिमले ४२ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे। कृष्ण कार्कीले २२ रन जोडे।
बलिङमा सुशिल कँडेल र दीपेन्द्र सिंह ऐरीले २-२ विकेट लिए।
जवाफमा १३३ रनको लक्ष्य पछ्याएको विराटनगर रुपन्देशीको धारिलो बलिङसामु टिक्न सकेन र १८.१ ओभरमा ७१ रनमै अलआउट भयो। विराटनगरका लागि कप्तान शरदले ३४ रन बनाउनु बाहके कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्।
विराटनगरलाई अलआउट गर्न रुपन्देहीका शाहब आलमले सर्विधक ४ विकेट लिए भने दीपेश श्रेष्ठ र कृष्ण कार्कीले ३-३ विकेट झारे।
जारी प्रतियोगितामै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा रहेका शाहबले ४ ओभरमा १९ रन मात्र खर्चेर ४ विकेट लिएका हुन्। उनले अहिलेसम्म ४ खेलमा १२ विकेट लिइसकेका छन्। उनले अत्तरिया विरुद्ध पनि ४ विकेट लिएका थिए।
यस्तै विराटनगरका सुशिल कँडेल र काठमाडदं गोल्डेन्सका सोमपाल कामीले समान ११ विकेट लिएका छन्।
(फोटो : डीपिएलको फेसबुक)