PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

फिल्म 'द ब्ल्याक डायरी'को रिलिज तय



पहिलोपोस्ट

फिल्म 'द ब्ल्याक डायरी'को रिलिज तय

काठमाडौं: फिल्म 'द ब्ल्याक डायरी'को रिलिज डेट तय भएको छ। फिल्म यहि बैशाख २२ गतेबाट प्रदर्शनमा आउने भएको हो। निर्माण युनिटले फिल्म रिलिज बारे आइतबार जानकारी दिए।

क्याटभिजन प्रोडक्सन प्रस्तुती रहेको फिल्ममा बाइकर्स युवाको कथा देखाइने बताइएको छ। सुजन घिमिरे निर्देशित फिल्मको विषय भिन्न रहेको निर्देशकको दाबी छ। फिल्मलाई अनोज अधिकारीले निर्माण गरेका हुन्।

फिल्ममा भुवन केसी, रमेश सिंह, अभय कुवँर, पुजा भट्ट, बबिता घिमिरे, पवन कार्की, रोमा भण्डारी, अञ्जु महर्जन लगायतको अभिनय रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell