PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

चुनावलाई सहयोग गरेको भन्दै बारामा चीनको विरोध 



राधेश्याम पटेल

चुनावलाई सहयोग गरेको भन्दै बारामा चीनको विरोध 

वीरगन्ज :  वैशाख ३१ गते तोकिएको निर्वाचनमा चीन सरकारले सहयोग गरेको भन्दै मधेस जनविद्रोह समिति, बाराले विरोध जनाएको छ। 

कलैया उपमहानगरपालिका वडा नं २५ पर्ने सिंसहनिया टोलको वडा समितिले कार्यक्रम आयोजना गरी विरोध जनाएको हो। गाउँमा वडा संयोजक अम्बिका पटेलको संयोजकत्वमा निकालिएको र्यावलीले चीन, सरकार, मधेसी मोर्चाको विरोधमा नारा लगाए। 

चीन सरकारले आगामी चुनावको लागि १४ करोड ४० लाख बराबरको चुनावी सामग्री सहयोग गरेकोले विरोध जनाएको समितिले बताएको छ। 
देशको आन्तरिक मामिलामा चीन सरकारले हस्तक्षेप बढाउँदै लगेकोले विरोध गरिएको समितिले जनाएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell