PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

सिएमजी क्लबद्वारा संकटा क्लबका खेलाडीलाई सम्मान



पहिलोपोस्ट

सिएमजी क्लबद्वारा संकटा क्लबका खेलाडीलाई सम्मान

काठमाडौं : ए डिभिजन क्लब संकटाको प्रायोजक रहेकव सिएमजी क्लबले मोफसलमा भएकव तीन नकआउट टुर्नामेन्टको उपाधि जितेको क्लब र खेलाडीलाई आइतबार सम्मान गरेको छ।

संकटा क्लब ७ टुर्नामेन्टको फाइनलमा पुग्नै ३ वटामा च्याम्पियन बनेको थियो।

होटल प्लाटिनममा भएको कार्यक्रमम अखिल नेपाल फुटबल सघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै ३ उपाधि जित्न सफल संकट क्लबलाई बधाई दिए।

सिएमजी क्लबका प्रवन्ध निर्देशक नरेन्द्र शाहले संकटा क्लब मुलुककै एक पूरानो क्लब भएको र आफु सँधै उक्त क्लबको नजिक रहेको बताए। 

यस्तै सकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले फुटबल विकासमा सिएमजी क्लबले गरेको सहयोगको उच्च प्रशंसा गरे।

क्लबले जितेको उपाधि जितेवापत पाएको नगर पुरस्कार मध्ये आधा रकम खेलाडीहरुलाई नै प्रदान गरिएकव थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell