PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

आइपीएल : गुजरातलाई हराउँदै मुम्बई फेरी शीर्ष स्थानमा फर्कियो



पहिलोपोस्ट

आइपीएल : गुजरातलाई हराउँदै मुम्बई फेरी शीर्ष स्थानमा फर्कियो

आइपीएल अन्तर्गत आइतबार भएको पहिलो खेलमा मुम्बई इन्डियन्सले गुजरात लायन्सलाई ६ विकेटले पराजित गर्दै पुन: अंक तालिकामा शीर्ष स्थानमा फर्किएको छ।

५ खेलमध्ये ४ खेल जितेको मुम्बई ८ अंकका साथ शीर्ष स्थानमा रहेको छ। ४ खेलबाट ६ अंक रहेको कोलकता नाइट राइडर्स दोस्रो झरेको छ।

मुम्बईले घरेलु मैदानमा १७७ रनको लक्ष्य ३ बल अगावै ४ विकेट गुमाएर पुरा गरेको हो। पहिलो खेलमा पुनेसँग हारेयता मुम्बईको यो लगातार चौथो जित हो। 

मुम्बईलाई उक्त सफलता दिलाउने क्रममा नितिश रानाले अर्धशतकीय पारी खेल्दै सर्विधक ५३ रन बनाए। यस्तै कप्तान रोहित शर्माले नटआउट ४० रन बनाए। यसअघिका खेलमा दोहोरो अंक छुन नसकेका रोहितले गुजरात विरुद्ध २९ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे। यस्तै किरण पोलार्डले ३९ तथा जोस बटलरले २६ रन जोडे।

बलिङमा गुजरातका आन्द्रे तयेले २ विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। गुजरातका लिग ब्रेण्डन म्याकुलमले सर्वाधिक ६४ रन बनाए भने दिनेश कार्तिक ४८ रनमा नटआउट रहे। 

म्याकुलमले ४४ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे। बलिङमा मुम्बईका मिचेल म्याकलेघानले २ विकेट लिए। 




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell