PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

आइपीएल : स्मिथको पुनेले कोहलीको बैंगलोरलाई हरायो



पहिलोपोस्ट

आइपीएल : स्मिथको पुनेले कोहलीको बैंगलोरलाई हरायो

बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि राइजिङ पुने सुपर जायन्ट्सले आइपीएलमा रोएल च्यालेन्जर्स बैंगलोरलाई २७ रनले हराउँदै दोस्रो जित हासिल गरेको छ।

आइतबार भएको दोस्रो खेलमा पुनेले १६१ रनको लक्ष्य डिफेण्ड गर्दै जित हात पारेको हो। १६२ रनको लक्ष्य पछ्याएको विराट कोहलीको बैंगलोरलाई १३४ रनमा रोक्दै पुनेले शानदार जित आत्मसाथ गर्‌यव। 

बैंगलोरका लागि ए बि डे भिलियर्सले २९ तथा कप्तान कोहलीले २८ रन बनाए।

बलिङमा बेन स्टोक्स र सार्दल ठाकुरले ३-३ तथा जयदेव उनादकाटले २ विकेट झारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुनेले ८ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। पुनेका लागि राहुल त्रिपाटीले सर्वाधिक ३१, अजिन्का रहानेले ३०, महेन्द्र सिंह धोनीद्ये २८ तथा कप्तान स्टिभ स्मिथ र मनोज तिवारीले समान २७ रन बनाए।

बलिङमा एडम मिल्ने र श्रीनाथ अरविन्दले २-२ विकेट लिए।

जारी आइपीएलमा ५ खेल खेलिसकेको बैंगलोरको यो चौथो हार हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell