PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

राष्ट्रपतिको भ्रमणका लागि ३५ मिनेट विमानस्थलमा कुनै पनि जहाज उड्न, अवतरण गर्न रोक



उमेश पौडेल

राष्ट्रपतिको भ्रमणका लागि ३५ मिनेट विमानस्थलमा कुनै पनि जहाज उड्न, अवतरण गर्न रोक

काठमाडौं : राष्ट्रपति विद्या भण्डारीको भारतमा हुन गइरहेको राजकीय भ्रमणका लागि विमानस्थलले 'नोटिस फर एयरमेन' (नोटाम) जारी गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सोमवार विहान १० बजेर ३० मिनेटदेखि ११ बजेर ५  मिनेटसम्म नोटाम जारी गरेको छ। यो समयमा कुनै जहाज उड्न र अवतरण गर्न रोक लागइएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए।

भिभिआइपीको भ्रमणमा जानु २० मिनेट अघिदेखि र अवतरण भएको २५ मिनेटसम्म नोटाम जारी गर्ने चलन छ। राष्ट्रपति भण्डारी नेपाल एयरलाइन्सको आरए २०५ नम्बरको विमानबाट दिल्ली प्रस्थान गरेकी छिन्।
 
यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी राजकीय भ्रमणमा नेपाल आउँदा पनि नोटाम जारी गरिएको थियो।

नोटामका कारण अवतरणको पर्खाइमा नेपाली आकाशमा पाँचवटा जहाजहरु रहेका थिए। सिचुआन एयरलाइन्स, नेपाल एयरलाइन्स,चाइना साउदर्न, टर्किस एयरलाइन्स र  एयर चाइनाका विमानहरु सिमारामाथिको आकाशमा घुमेर बसेका थिए।

राष्ट्रपति भारतबाट नेपाल फर्किँदा पनि नोटाम जारी हुने ठाकुरले जानकारी दिए। विमानस्थलस्थित टर्मिनल ड्युटी अफिसर (टिडिओ)ले यसको बारेमा सवै चाँजो मिलाइसकेको उनले बताए। उनले भने, 'नोटामको समयमा आन्तरिक तथा बाह्य कुनै पनि जहाज उड्न र अवतरण गर्न पाउँदैनन् । एयरपोर्ट बन्द हुन्छ ।'

यो समयमा उडान भर्ने जहाजहरु उड्न पाउने छैनन् भने अवतरण गर्ने जहाजहरु कि त आकाशमै होल्ड हुन्छन् कि नजिकैको विमानस्थलमा डाइभर्ट हुन्छन् ।





 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell