PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

राष्ट्रपति विद्यादेवी भण्डारी भारत प्रस्थान, १२ फोटोमा

राष्ट्रपति विद्यादेवी भण्डारी भारत प्रस्थान, १२ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो औपचारिक भ्रमणका लागि आज बिहान छिमेकी मुलुक भारत प्रस्थान गरेकी छन्। राष्ट्रपति भण्डारी बिहान ११ बजेको नेपाल वायु सेवा निगमको विमानबाट भारत प्रस्थान गरेकी हुन्।

राष्टपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्ति तथा पुनर्निर्माणमन्त्री सीतादेवी यादव लगायत ३० सदस्यीय प्रतिनिधिमण्डल छन्।

राष्ट्रपतिलाई बिदाई गर्न विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री कृष्णबहादुर महरा लगायत अन्य मन्त्रीहरु, पराष्ट्रका कर्मचारीहरु उपस्थित थिए। राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो।

राष्ट्रपतिको यो पहिलो विदेश भ्रमण हो। गत वर्ष राष्ट्रपतिको भारत भ्रमणको तयारी भएपनि तत्कालीन सरकारले भ्रमण स्थगित गरेको थियो। 

राष्ट्रपति भण्डारी सोमबार दिउँसै भारत पुगे पनि विशिष्ट व्यक्तिसँगको भेटघाट कार्यक्रम भने भोलिपल्ट मात्र छ।

सोमबार राष्ट्रपति भण्डारीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ मा दिउँसो पौने एक बजे स्वागत गर्ने कार्यक्रम छ।

स्वागतका लागि को आउने भन्ने बारे भारतीय परराष्ट्र मन्त्रालयले खुलाइसकेको छैन। यो दिन थप कुनै औपचारिक कार्यक्रम छैन। उनी भारतको राष्ट्रपति भवनमा बस्ने छिन्। 
 


ट्रेन्डिङ पोस्ट

Ncell