PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

डीपिएल : रुपन्देहीलाई हराउँदै पारसको टिम चौराह प्लेअफमा प्रवेश



पहिलोपोस्ट

डीपिएल : रुपन्देहीलाई हराउँदै पारसको टिम चौराह प्लेअफमा प्रवेश

कप्तान पारस खड्काले ब्याटिङ तथा ललित राजवंशीले बलिङमा उत्कृष्ट प्रदर्न गरेपछि रुपन्देही च्यालेन्जर्सलाई ६ विकेटले पराजित गर्दै टिम चौराह प्लेअफमा प्रवेश गरेको छ। 

रुपन्देहीले जितेको ९२ रनको लक्ष्य ११ ओभरमा ४ विकेट गुमाएर पूरा गरेपछि ५ खेलबाट ४ अंक जोडेको चौराह कञ्चनपुर आइकोनिक र सिवाइसी अत्तरियालाई रनरेटमा पछि पार्दै प्लेअफमा पुगेको हो।

ललित राजवंशी बलिङ गर्दै 

चौराहको जितमा कप्तान पारस खड्काले २१ बलमा आक्रमक इनिङ्स खेल्दै ७ चौका र २ छक्काको मद्द्तमा ४२ रन बनाए। यस्तै राजु रिजाल र अमर सिंह राउटेलाले समान १३ रनकव योगदान गरे भने पृथु बास्कोटा १५ रनमा नटआउट रहे। 

त्यसअघि एसएसपी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले विकेटकिपर प्रकाश केसीको नटआउट ४९ रनको मद्दतमा ६ विकेट गुमाएर ९१ रन बनाएको थियो। 

४१ रनमा ६ विकेट गुमाएको रुपन्देहीका लागि प्रकाशले आक्रमक इनिङ्स खेल्दै सातौं विकेटका लागि कप्तान शक्ति गौचनसँग ४९ रनकै साझेदारी गरे। 

आरिफ शेखको २०औं ओभरमा प्रकासले २६ रन प्रहार गरे। ३४ बल खेलेका प्रकाशले ४चौका र ३ छक्का प्रहार गर्दै ४९ रन बनाएका हुन्। 
बलिङमा चौराहका ललित राजवशीले ४ ओभर बलिङ गर्दै २ मेडन राखेर जम्मा ५ रन मात्र दिएर ४ विकेट लिए। 
उनले चौथो ओभरमा रुपन्देहीका तीन खेलाडीलाई आउट गरेका थिए। 

प्लेअफ अन्तर्गत पहिलो क्वालिफायर्स खेलमा शीर्ष स्थानको रुपन्देही र दोस्रो स्थानको विराटनगर किंग्सबीच फाइनल प्रवेशका लागि खेल हुनेछ। 

यस्तै एलिमिनेटरमा काठमाडौं गोल्डेन्स र चौराह भिड्नेछन्। यस खेलको विजेताले फाइनल प्रवेशका लागि रुपन्देही र विरा६नगरबीचको खेलको पराजित टोलीसँग खेल्नेछ। 

(फोटो : क्रिकेटिङ नेपाल)


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell