PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

श्रेया र अभिनवले जिते ‘नेपाली लिटिल स्टार’को उपाधि



पहिलोपोस्ट

श्रेया र अभिनवले जिते ‘नेपाली लिटिल स्टार’को उपाधि

काठमाडौं:  नेपाली ‘लिटिल स्टार२०१७’ को विजेता घोषित भएका छन्। प्रतियोगिताको शिर्ष उपाधि श्रेया महर्जन र अभिनव श्रेष्ठले जितेका छन्।

सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतियोगितामा ६८ जना बालबाकिलाको सहभागिता रहेको थियो। प्रतियोगितामा दिप्तेश सिंह तथा प्रकृति पोखरेलले सिनियरतर्फको फस्ट रनर्स अपको उपाधि जिते भने जुक्ति विक्रम शाही तथा मायोमी बज्रँचार्यले जुनियर तर्फको फस्ट रनर्स अपको उपाधिमा हात पारे। यसैगरी श्रृजन त्रिपाठी तथा प्रज्ञा राईले सिनियरतर्फ सेकेण्ड रनर्स अपको उपाधि जिते भने आयान सिलवाल तथा सुप्रिया कार्कीले जुनियरतर्फको सेकेण्ड रनर्स अपको उपाधि जिते।

स्वस्तिका राज भण्डारीद्वारा कोरियोग्राफी गरिएको यो प्रतियोगिताको आयोजना इफो ईन्टरटेन्मेन्टले आयोजना गरेको हो। प्रतियोगितामा अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, अभिनेताद्वय सविन श्रेष्ठ तथा निर्जन थापा र मोडल जिनस लामा निर्णायक रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell