
मनिस पाण्डे र युसुफ पठानले शतकीय साझेदारी गरेपछि कोलकता नाइट राइडर्सले सोमबार आइपीएलमा दिल्ली डेयरडेभिल्सलाई ४ विकेटले पराजित गरेको छ।
जितसँगै केकआर पुन: अंक तालिकामा शीर्ष स्थानमा उक्लको छ। केकेआर र मुम्बईले ५ खेल खेलिसक्दा समान ४ जित हात पारेका छन्। तर रनरेटमा अगाडी रहदै केकेआर शीर्ष स्थानमा उक्लेको हो।
मनिसले नटआउट ६९ रन बनाएपछि १६९ रनको लक्ष्य पछ्याएको केकेआरले अन्तिमर ओभरमा जित हासिल गरेको हो।
अन्तिम ओभरमा जितका लागि ९ रन चाहिएको अवस्थामा क्रिस वोक्स आउट भएपछि मनिसले चौथो बलमा छक्का प्रहार गरे भने पाँचौ बलमा २ रन लिदै जित दिलाए।
टिमको स्कोर २१ हुँदा सुरुवाती ३ विकेट गुमाएको केकेआरका लागि मनिसले युसुफसँग चौथो विकेटका लागि ११० रनको साझेदारी गर्दै जितका आधार खडा गरेका थिए।
मनिस र युसुफको साझेदारी जारी आइपीएलमा तेस्रो तथा केकेआरको दोस्रो हो। केकेआरका कप्तान गौतम गम्भिर क्रिस लायनले पहिलो विकेटका लागि गुजरात लयान्स विरुद्ध नटआउट १८४ रनको साझेदारी गरेका थिए भने हैदरावादका कप्तान डेविड वार्नर र मोएसिस अनरिकेले १०८ रनको साझेदारी गरेका थिए।
युसुफले क्रिस मोरिसको बलमा कट एण्ड बोल्ट हुनुअघि ३९ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५९ रन बनाए।
मनिसले ४९ बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतमा नटआउट ६९ रनको योगदान गरे।
दिल्लीका कप्तान जाहिर खान र प्याट कमिङ्सले समान २ विकेट लिए।
त्यसअघि घरेलु मैदान फिरोज शाह कोत्ला मैदान दिल्लीले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १६८ रन बनाएको थियो। दिल्लीका लागि ओपनर सन्ज सामसनले सर्वाधिक ३९, विकेटकिपर रिसव पन्तले २८ तथा श्रेयास अयेरले १६ रन बनाए।
बलिङमा केकेआरका नाथल कुल्टर नेइलले ३ विकेट लिए।