PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

मुस्ताङी राजाका सल्लाहकार विष्ट गाउँपालिका प्रमुखमा उठ्ने



पहिलोपोस्ट

मुस्ताङी राजाका सल्लाहकार विष्ट गाउँपालिका प्रमुखमा उठ्ने

मुस्ताङ : मुस्ताङका पूर्व राजा स्व. जिग्मेपरवल विष्टका सल्लाहकारका रुपमा काम गरेका इन्द्रधारा विष्टले लोमान्थाङ गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिने घोषणा गरेका छन्। 

जिग्मेपरवल विष्टको दुई महिनाअघि काठमाडौँमा उपचारको क्रममा निधन भएको थियो। २०६२/०६३ पछि वैधानिक रुपमा उपल्लो मुस्ताङमा राजसंस्था हटे पनि स्थानीयले सांस्कृतिक राजाका रुपमा स्व. विष्टलाई सम्मान दिँदै आएका थिए। 

यसअघि लोमान्थाङ गाविसको उपाध्यक्ष रहेका पूर्व राजा विष्टको सल्लाहकार इन्द्रधारा स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लड्न लागेका हुन्। २५ वर्षसम्म उनी सल्लाहकारका रुपमा काम गरेका छन्। मुस्ताङी राजाको सांस्कृतिक विरासतलाई जीवित राख्न, कोरला नाकाको दीर्घकालीन सञ्चालन, उपल्लो मुस्ताङमा पर्यटन र शिक्षाको विकासका लागि उम्मेदवारी दिन लागेको उनको भनाइ छ। 

‘उपल्लो मुस्ताङका जनताको राजसंस्थाप्रति ठूलो आस्था छ, त्यसलाई सांस्कृतिक रुपमा बचाउन जरुरी छ’, उनले भने ‘जिग्मेको निधनपछि अर्को वर्ष युवराज जिग्मेसिग्मे परवल विष्टलाई सांस्कृतिक राजा घोषणा गर्ने योजना छ।’

उपल्लो मुस्ताङमा राजसंस्था र पर्यटन एकापसमा जोडिएकाले त्यसलाई जोगाइराख्नुपर्ने उनको तर्क छ । लोमान्थाङ क्षेत्रमा गाउँपालिका प्रमुखमा उम्मेदवारी दिने घोषणा गर्ने उनी पहिलो व्यक्ति हुन्। 

स्थानीय तहको पुनःसंरचना अनुसार लोमन्थाङ, छोसेर र छोन्हुप गाविस मिलेर लोमन्थाङ गाउँपालिका बनेको छ। यो गाउँपालिकामा एक हजार ३०० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell