PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

आइपीएल क्रिकेट : भुवनेश्वरको पाँच विकेटले बोहराको ९५ रन छायामा, पञ्जाव ५ रनले हार्‍यो



पहिलोपोस्ट

आइपीएल क्रिकेट : भुवनेश्वरको पाँच विकेटले बोहराको ९५ रन छायामा, पञ्जाव ५ रनले हार्‍यो

भुनवेश्वर कुमारले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि आइपीएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा सनराइजर्स हैदरावादले किङ्ग्स इलेवन पञ्जावलाई ५ रनले हराएको छ। भुनवेश्वरले ४ ओभरमा १९ रन खर्चेर ५ विकेट लिए।

जारी आइपीएलमा सर्वाधिक विकेट लिने खेलाडीको पहिलो नम्बरमा रहेका भुवनेश्वरले पञ्जावका ओपनर मनन वोहराको ९५ रनको योगदानलाई छायामा पारे। अन्तिम दुई ओभरमा १६ रन चाहिएको अवस्थामा भुवनेश्वरले वोहरालाई एलविडव्लुको शिकार बनाएका थिए।

पञ्जावको इनिङमा ओपनर वोहराबाहेक अन्य कुनै खेलाडीको योगदान उल्लेख्य रहेन। ओपनर हसिम अमला शून्यमा आउट हुँदा अन्य तीन खेलाडीले मात्र दोहोर अंक बनाउन सके। 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सनराइजर्सले कप्तान डेविड वार्नरको नटआउट ७० रनको योगदानले १५९ रन बनाएको थियो। हैदरवादको इनिङमा नमन ओझाले ३४ रनको योगदान दिए। 

१६० रनको लक्ष्य पछ्याएको पञ्जावले १९ ओभर ४ बलमा अलआउट हुँदै १५४ रनमात्र जोड्न सक्यो। 

बलिङतर्फ हैदरवादका भुवनेश्वर कुमारले ५ तथा रसिद खानले २ विकेट लिए। यस्तै, पञ्जावका मोहित शर्मा र अक्सर पटेलले दुई/दुई विकेट हात पारे। 
   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell