PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

प्रिमियर लिग : आर्सनलको शीर्ष चार सम्भावना कायमै



पहिलोपोस्ट

प्रिमियर लिग : आर्सनलको शीर्ष चार सम्भावना कायमै

मिडल्स्ब्रोलाई २-१ ले पराजित गर्दै आर्सनलले प्रिमियर लिगको शीर्ष चारमा रहने सम्भावनालाई कायमै राखेको छ।
 
सोमबार भएको खेलमा आर्सनललाई ३ अक दिलाउन मेसुट ओजिलले निर्णायक गोल गरे। 

४२ औं मिनेट एलेक्सिस सान्चेजले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थए। दोस्रो मिडल्स्ब्रोका अल्भारो नेग्रेडोले ५०औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‌याए। तर ७१औं मिनेटमा ओजिलले गोल गरेपछि आर्सनल ३ अंक जोड्न सफल भयो। 

जितपछि आर्सनलको ३१ खेलबाट ५७ अंक भएको छ। एभरटन समान अंक रहेपद्दि आर्सनल गोल अन्तरमा अगाडी रहदै छैटौं स्थानमा उक्लेको छ। 

पाँचौ स्थानमा रहेको म्यानेचष्टर युनाइटेडको ३१ खेलबाट ६० अंक छ भने एक खेल बढी खेलेको म्यान सिटी ६४ अंकका साथ चौथोमा छ। 
३२ खेलबाट ७५ अंक जोडेको चेल्सी शीर्ष स्थानमा आसिन छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell