PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

निर्वाचन सुरक्षाबारे प्रधानमन्त्री लिए सुरक्षा अंगका प्रमुखसँग ब्रिफिङ



पहिलोपोस्ट

निर्वाचन सुरक्षाबारे प्रधानमन्त्री लिए सुरक्षा अंगका प्रमुखसँग ब्रिफिङ

काठमाडौं : आसन्न निर्वाचनको सुरक्षा तयारीबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरक्षा निकाय प्रमुखहरुसँग ब्रिफिङ लिएका छन्। प्रधानमन्त्रीले मंगलबार बिहान बालुवाटार बोलाएर चारवटै सुरक्षा निकाय प्रमुखसँग ब्रिफिङ लिएका हुन्।  

प्रधानमन्त्रीले प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मीलाई बालुवाटार बोलाएर पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। 
भेटमा प्रधानमन्त्रीले बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका सम्बन्धमा गरिएको सुरक्षा तयारीबारे जानकारी लिएका हुन्। प्रधानमन्त्रीले निर्धारित मितिमा स्थानीय तहको निर्वाचन सम्पन्न हुने जानकारी गराउँदै निर्वाचन सुरक्षा प्रबन्ध गर्न सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन्। 

भेटमा सुरक्षा अंगका प्रमुखहरुले देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताउँदै निश्पक्ष, स्वतन्त्र र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय सक्षम रहेको र बताएका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell