
काठमाडौं: अभिनेता दीपक क्षेत्रीको घाँटीमा पलाएको मासुका कारण स्वरमा समस्या सिर्जना भयो। जसका कारण हाल भइरहेको छ। उपचार अघि क्षेत्री फिल्म 'राज्जा रानीको' छायाँकनमा थिए। फिल्म युनिटले स्पोटबाटै सहयोग अभियान सुरु गरेपछि उपचारका लागि विश्वव्यापी अर्थ संकलन भैरहेको छ। सोमबारसम्म १० लाखभन्दा बढी सहयोग जुटेको बताइएको छ।
सोमबार फिल्म 'राज्ज रानी'का निर्माता, कलाकार, निर्देशकले क्षेत्रीको स्वास्थ्यस्थिती बारे बुझ्न डिल्लीबजारस्थित कोठामा पुगे। युनिटले घोषणा गरेको २ लाख ११ हजार नगद प्रदान गर्यो। निर्माता एमके पौडेल, निर्देशक याम केसी, अभिनेत्री केकी अधिकारी, अभिनेता नाजिर हुसेनले उक्त रकम प्रदान गरेका हुन्। ‘हामी चाहन्छौं डबिङमा उहाँको वास्तविक आवाज रेकर्ड गर्न सकियोस्’ निर्माता पौडेलले भने, ‘हामी उक्त दिनको पर्खाइमा छौं ।’
निर्देशक केसी, कलाकारद्धय केकी र नाजिरले समेत गुमेको आवाज फिर्ता गरेर डबिङमा भर्न पाइने आशा व्यक्त गरेका छन्। राज्जा रानीमा क्षेत्रीले मुख्य अभिनेत्रीको पिताको भूमिकामा अभिनय गरेका छन्।
वर्ष २०४१ मा विश्वास नामक सिनेमाबाट अभिनय थालेका क्षेत्रीले डेढसयभन्दा चलचित्रमा अभिनय गरिसकेका छन्। उनकी पत्नी बिपना बस्नेत पनि फिल्म इन्डस्ट्रीकी मेकअप आर्टिस्ट एवं अभिनेत्री हुन् भने छोरी रिस्ता बस्नेत पनि कलाकारितमा सक्रिय छिन्। चारवर्षदेखि अभिनेता क्षेत्रीको स्वर सुक्दै गएको हो। सुकेको स्वरमै उनले केही फिल्ममा अभिनय गरे।