PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

तक्मे बुढाको निर्माण रहेको 'रातो घर'को ट्रेलर रिलिज



पहिलोपोस्ट

तक्मे बुढाको निर्माण रहेको 'रातो घर'को ट्रेलर रिलिज

काठमाडौं: फिल्म 'रातो घर' प्रचारका लागि फ्लोरमा निस्कियो। फिल्म युनिटले सोमबार ट्रेलर सार्वजनिक गर्दै नेपाल प्रदर्शनका लागि प्रचार सुरु गरेको हो। फिल्म नेपाल अघि अमेरिका, अष्ट्रेलिया र लण्डनमा प्रदर्शन भैसकेको छ।

फिल्मले विदेश प्रदर्शनबाट नै लगानी उठाएको निर्माताको दाबी छ। रातो घरबाट हास्य कलाकार विल्सन बिक्रम राईले फिल्म निर्माणमा डेब्यु गरेका हुन्। झापामा छायाँकन भएको फिल्ममा युवा पुस्ता, पैसा मोह र अपराध केन्द्रमा छ।

फिल्ममा विल्सन विक्रम राई, गौरव पहारी, संयम पुरी, अनुराग कुँवर, माला लिम्बु, विकेश श्रेष्ठ, भानु प्रताप लगायत आदी कलाकारको मुख्य भूमिका रहेको छ। माङहिम फिल्मस र तक्मे प्रोडक्शनको ब्यानरमा निकेश लिम्बुले निर्माण गरेको सिनेमाले पूर्वी नेपालको एक सामाजिक कथा पेश गर्छ।

एक्शन, कमेडी जानराको फिल्मलाई सुरज सुब्बाले गरेका हुन्। फिल्ममा समावेश 'झकास झापाली' बोलको आइटम गीत चर्चामा छ। गीतको भिडियोमा माला लिम्बुको प्रस्तुती रहेको छ।

हेर्नुस् सार्वजनिक ट्रेलर:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell