PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

'फेट अफ फ्युरियस'ले तोड्यो बक्स अफिसको अन्तराष्ट्रिय रेकर्ड



पहिलोपोस्ट

'फेट अफ फ्युरियस'ले तोड्यो बक्स अफिसको अन्तराष्ट्रिय रेकर्ड

काठमाडौं: हलिउड फिल्म 'फेट अफ फ्युरियस'ले बक्स अफिसको सबै अन्तराष्ट्रिय रेकर्ड तोडेको छ। इस्टर बिदाको टार्गेटमा रिलिज भएको फिल्मले पहिलो हप्ता नै ५३.२५ करोड डलर बराबरको ग्रस कलेक्शन गरेको हो।

'फास्ट एण्ड फ्युरियस' फिल्मको यो आठौ संस्करण हो। हालसम्म छोटो समयमा सर्वाधिक ग्रस कलेक्शन गर्ने फिल्मको लिस्टमा 'स्टार वार्स: द फोर्स अवेकस' अगाडी थियो। फिल्मले ५२.९ करोड डलर कमाएको थियो। 'फ्युरियस सेभेन'ले अमेरिका सन् २०१५ मा अमेरिकामा मात्र १४.७२ करोड डलरको ग्रस व्यवसाय गरेको हो।

किन चर्चामा छ फास्ट एण्ड फ्युरियस?

बलिउड फिल्म समिक्षक तथा बिबिसी रेडियो ४का लागि होस्ट रहेका रिआना ढिल्लनका अनुसार 'युनिभर्सल अपिल'का कारण फिल्म चर्चामा रहेको बिबिसी हिन्दीले जनाएको छ। भनेका छन्,'यो फिल्मको हरेक संस्करणलाई सबै उमेर समुहकाले रुचाउछन्।'

फिल्मको सातौ संस्करण अन्य संस्करणभन्दा कम चर्चामा रहेपछि फेट एण्ड फ्युरियसले कस्तो व्यवसाय गर्ला? कस्तो प्रतिक्रिया बटुल्ला? भन्ने जिज्ञासा धेरैमा थियो। तर फिल्मले पहिलो साता नै उत्सहाजनक व्यवसाय गरेको छ। प्रतिद्वन्दी फिल्म 'बोस बेबी'ले १.५५ करोड डलर मात्र जम्मा गरेको छ।

एफ ग्रे ग्रे निर्देशित अमेरिकी एक्शन फिल्म सन् २००१ बाट सुरु भएको फास्ट एण्ड फ्युरियसको आगामी संस्करण २०१९ र २०२१ मा सार्वजनिक हुने खबर सार्वजनिक छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell