PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता



पहिलोपोस्ट

राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भेटवार्ता गरेकी छिन्। भारतीय राष्ट्रपति भवनमा पाहुनाको रुपमा रहेकी भण्डारीलाई भेट्न स्वराज पुगेकी हुन्।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले ट्विट गर्दै भेटमा दुई देशबीचको साझा ऐतिहासिक र सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गरेका छन्।
 


भण्डारीले भेट अघि नयाँ दिल्लीको राजघाटस्थित माहात्मा गान्धीको समाधीस्थलमा पुगेर पुष्पगुच्छा अर्पण गरेकी थिइन्। भण्डारीलाई राष्ट्रपति भवनमा आजै गार्ड अफ अनर प्रदान गरिएको थियो।

सो क्रममा राष्ट्रपति भण्डारीले आफू भारतीय जनाका लागि शुभेच्छा लिएर आएको बताइन्। 'नेपाल भारत असाध्यै छिमेकी मित्र राष्ट्र हुन्छ। हाम्रा मूल्य मान्यताहरु धार्मिक सांस्कृतिक र सामाजिक र कतिपय व्यवस्थाहरु पनि समान छन्। हामी धेरै नै निकट छौँ। म व्यक्तिगत रुपमा धेरै निकटता महसुस गर्छु। म भारत सरकार र जनताका मैत्रीपूर्ण जनताक लागि धेरै धेरै शुभेच्छा लिएर आएको छु', उनले भनिन्।


के के छन् आज कार्यक्रम

भण्डारीले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटावर्ता गर्दैछिन्। त्यस्तै पौने ४ बजे अर्थ मन्त्री अरुण जेट्लीसँग राष्ट्रपति भवनमा नै भेट हुने कार्यक्रम छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपति भवनमा मंगलबार साढे ४ बजे भेट्ने छन्। त्यसको एक घण्टापछि भारतीय उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीसित भेट हुनेछ।

साँझ साढे सात बजे दुई देशका राष्ट्रपतिबीच राष्ट्रपति भवनमा भेट हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell