PahiloPost

May 31, 2025 | १८ जेठ २०८२

चार घण्टा बित्दा समेत भक्तपुरमा आगलागी नियन्त्रणमा आएन



पहिलोपोस्ट

चार घण्टा बित्दा समेत भक्तपुरमा आगलागी नियन्त्रणमा आएन

काठमाडौःँ भक्तपुरको सूर्यविनायक नगरपालिकास्ठित सिरुटार पिलागाउँमा आगलागी भएको छ। एक कारखानको लागि खानेपानीको 'डिप बोरिङ' को काम भइरहेको बेला निस्किएको अत्याधिक ग्यासका कारण आगलागी भएको हो।

आगलागी सुरु भएको ४ घण्टा बितिसक्दा समेत नियन्त्रणामा आउन सकेको छैन। आगलागी नियन्त्रणमा लागि जुद्ध बारुण यन्त्र काठमाडौँको २ वटा र भक्तपुर र ललितपुर महानगरपालीका एकएक वटा तथा सेनाको एक दमकल घटनास्थल पुगेको छ। आगलागी नियन्त्रण लिने प्रयास भइरकेहो जुद्ध बारुण यन्त्रका प्रमुख किशोरकुमार भट्टराइले बताए। ठुलो डिप वोरिङ भएको तथा अझै पनि ग्यास निस्किरहेका कारण आगलागी नियन्त्रणमा लिन समस्या  भएको उनले बताए।

मंगलबार दिउँसो यो समाचार तयार पार्दासम्म ग्यास निस्किरहेको स्थानमा डोजर मार्फत पुर्ने काम भैरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell