PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

भारत र चीन फिल्म इन्डस्ट्रिको बढ्दो सम्बन्ध, दंगल चाइना फिल्म महोत्सवमा



पहिलोपोस्ट

भारत र चीन फिल्म इन्डस्ट्रिको बढ्दो सम्बन्ध, दंगल चाइना फिल्म महोत्सवमा

बलिउड स्टार आमिर खान त्यस्ता कलाकार हुन् जसको चीनमा पनि अत्याधिक फ्यान रहेका छन्। दंगलको चाइना प्रिमियरका लागि आमिर पनि बेइजिङ पुगेका छन्। बेइजिङ अन्तराष्ट्रिय फिल्म महोत्सवमा फिल्म प्रदर्शन हुने भएको हो।

आमिर खानको फिल्म चाइनामा प्रदर्शन हुन लागेको यो पहिलो पटक भने होइन। यसअघि फिल्म 'थ्रि इडियट्स' प्रदर्शन भएको थियो। फिल्मले निकै लोकप्रियता कमायो। अभिनेता ज्याक्की चेनले पनि त्यो फिल्मको तारिफ गरेको बिबिसी हिन्दीले जनाएको छ। दंगल प्रचारका लागि केही दिन आमिर खान चाइनामा नै रहने जनाइएको छ।

केही समय यता इन्डिया र चाइनाको फिल्म इन्डस्ट्रि नजिकिएको पाइन्छ। स्टार सलमान खान अभिनित फिल्म 'ट्युबलाइट'मा चाइनाको अभिनेत्री जुजुको मुख्य अभिनय रहेको छ। फिल्म दुबै देशको पक्षबाट संयुक्त रुपमा निर्माण भएको हो। फिल्मको प्रोडक्शनको काम भारतमा चलिरहेको छ।

गत वर्ष दुई देशको फिल्म इन्डस्ट्रि बिच पचासको दशकमा सार्वजनिक राज कपूरको फिल्म 'आवरा'को चिनका लागि थिएटर भर्सन बनाउने सम्झौता भएको थियो। आवरा चीनमा निकै रुचाइएको फिल्म हो। जसको गीतहरु पनि चिनमा हिट भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell