PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

राजेन्द्र महतोको पार्टीमा भित्रिए थारु नेता राजकुमार लेखी



रमेश वाग्ले

काठमाडौँ : राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले थारु नेता राजकुमार लेखीलाई पार्टीमा भित्र्याएको छ। राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी लेखी अध्यक्ष रहेको नागरिक समाजवादी पार्टी र सद्भावना पार्टीबीच एकीकरण भएको जानकारी गराइएको हो। 

एकीकरणका लागि दुई पार्टीबीच भएको १० बुँदे समझदारीमा पार्टीलाई 'राष्ट्रिय स्वरुपमा विकास गरिने' उल्लेख छ।

लेखीसहित ९ केन्द्रीय सदस्य र विद्यार्थी विभाग प्रमुख सद्भावनासँग एकीकरणमा सामेल भएका हुन्। तर पार्टीको नाम, झण्डा र चुनाव चिन्ह सद्भावनाकै रहनेछ। 

महतोको पार्टीले पहिलो संविधानसभा ताका तराईमा एक मधेस प्रदेशको नारा लगाइरहँदा लेखी विपक्षमा थिए। उनी नेपालमा मधेस भन्ने ठाउँ नै नरहेको तर्क गर्थे। 

विगतमा थारु कल्याणकारिणी सभा मार्फत् एमाले राजनीति गर्दै लेखि आदिवासी जनजाती महासंघका अध्यक्ष समेत भएका थिए। 

लेखिको पार्टीमा भूमीका के हुने भन्नु टुङ्गो लागेको छैन। एकीकरणका विषयमा जानकारी दिन आयोजित पात्रकार सम्मेलनमा 'सम्मानजक भूमिका' दिने बताइएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell