PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

फिल्म 'नेप्टे'मा पुर्णिमा 'आउट' छुल्ठिम 'इन'



पहिलोपोस्ट

फिल्म 'नेप्टे'मा पुर्णिमा 'आउट' छुल्ठिम 'इन'

काठमाडौं: फिल्म 'नेप्टे’ बन्ने निश्चित भएको छ। गत वर्ष नै दयाहाङ राई र पुर्णिमा लामाको मुख्य भूमिका सहित फिल्म निर्माण हुने भनिए पनि फिल्म फ्लोरमा उत्रेको थिएन। रेलिमाई डेब्यु गर्लको नाम फिल्म युनिटबाट हटेको छ। मङ्गलबार काठमाडौंमा कार्यक्रम आयोजना गरी थप केही नयाँ कलाकारको नाम सहित फिल्म घोषणा गरिएको हो। देव कुमार श्रेष्ठको निर्देशनमा फिल्म बन्ने जानकारी दिइएको छ।

फिल्मलाई कलाकार रोहित रुम्बाले निर्माण गर्न लागेका हुन्। फिल्ममा दयाहाङ् राई, रोहित रुम्बा र छुल्ठिम गुरुङको मुख्य भूमिका रहनेछ। त्यस्तै बुद्धी तामाङ, अरुणा कार्की, ए गुरुङ सामाजिक कथा वस्तु 'नेप्टे’ फिल्मको कथाको विषय रहने जानकारी छ। फिल्मको जानरा कमेडी हो।

फिल्म युनिट जेठको पहिलो साताबाट छायाँकनका लागि फ्लोरमा निस्कने बताइएको छ। कार्यक्रममा बोल्दै अभिनेत्री छुल्ठिम गुरुङले भनिन्,'दयाहाङ राईसँग काम गर्ने रहर पुरा भयो। फिल्म नेप्टेमा राम्रो काम गर्ने प्रयास गर्नेछु।'

किरण माइकलको पटकथा र संवाद रहेको फिल्ममा निर्माता रोहितकै कथा रहेको छ। हरी घले लामाको छायांकन, बाबु बोगटी, सन्तोष राज, ओम सुनार र रोहितको संगीत रहनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell