PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

तेस्रो बतासे अल्ट्रा ट्रेल रेस बैशाख १२ मा



पहिलोपोस्ट

तेस्रो बतासे अल्ट्रा ट्रेल रेस बैशाख १२ मा
नर्थ पोल म्याराथनमा दोस्रो भएको भीम गुरुङ र तेस्रो भएका समिर तामाङ सम्मानपछि

काठमाडौं : बतासे अल्ट्रा ट्रेल रेसको तेस्रो संस्करण यही बैशाख १२ गते हुने भएको छ। आयोजक बतासे ट्रेल्सले मंगलबार पत्रकार सम्मेलन गर्दै २०७१ सला बैशाख १२ गते गएको विनाशकारी भूकमपको सम्झनामा बतासे ट्रेल गर्न लाऊको जानकारी गराएको हो। 

रेस ठमेलबाट सुरु भई नारायणथान, बुढानिलकण्ड, मूलखर्क, चिसापानी, मेलम्भी हुँदै सिन्धुपाल्चोकको बतासेमा पुगेर टुंगिनेछ। 
३ विधामा सञ्चालन हुने रेसमा ८५ कलोमिटर ३७ कलोमिटर र १२ किलोमिटर रेस आयोजना हुनेछ। 

'रन फर रिकभरी, बतासे ट्रेल' भन्ने नाराका साथ बतासे अल्ट्रो ट्रेल आयोजना गर्न लागेको संयोजक मिग्मा ग्यालो लामाले बताए।
लामाका अनुसरा रेसमा नेपाली र विदेशी सहित सय भन्दा बढी सहभागीले भाग लनेछन्।

गत पुषमा भएको दोस्रो संस्करणको उपाधि वेदबहादुर सुनारले जितेका थिए।

यसअघि विजेतालाई नगद पुरस्कार दिइएपनि यस पटक भने नगदको सट्टा अन्य उपहार तथा खेला सामाग्री दिने संयोजक लामाले जनाए। 

लामाले अबदेखि भूकम्पको सम्झनामा हरेक वर्ष बैशाखमा पनि रेस हुने बताए। उनका अनुसार बैशाख र पुषमा गरेर वर्षमा दुई पटक रेस आयोजना हुनेछ।

यस्तै कार्यक्रममा अप्रिल ९ मा नर्थ पोल म्याराथनमा दोस्रो र तेस्रो भएका भीम गुरुङ र समिर तामाङलाई नगदसहित सम्मान गरिएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell