PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

स्याङ्जामा एक लाख ९१ हजार मतदाता



पहिलोपोस्ट

वालिङ : आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय निकायको निर्वाचनमा स्याङ्जा जिल्लाका एक लाख ९१ हजार दुई सय ५३ जना मतदाताले मत खसाल्ने छन्। जिल्लामा पुरुषभन्दा महिला मतदाताको संख्या१२ हजार एक सय ६४ ले बढी छ। 

नयाँ पुनर्संरचनाअनुसारको पाँच नगरपालिका र ६ गाउँपालिकामा महिला एक लाख एक हजार सात सय आठ र पुरुष ८९ हजार पाँच सय ४४ मतदाता छन् भने एक जना तेस्रोलिङ्गी छन्। संसद्मा प्रतिनिधित्व गर्ने आठ दल तथा संसद् बाहिरका ११ गरी कुल १९ दल यस पटकको निर्वाचनमा सहभागी हुने बताइएको छ। 

दोस्रो संविधानसभाको निर्वाचनमा एक सय ८९ वटा मतदानस्थल रहेको स्याङ्जा जिल्लामा स्थानीय निकायको निर्वाचनमा १० वटा मतदानस्थल थप गरी एक सय ९९ वटा पुर्‍याइएको छ। स्थानीय निकायको निर्वाचनमा सहभागी हुने अधिकांश दलमा आकांक्षीको संख्या धेरै रहेकाले उम्मेदवारको टुङ्गो समयमै लगाउन दललाई कठिनाइ भएको छ भने कतिपय ठाउँमा महिला उम्मेदवार भेटाउन मुस्किल भइरहेको छ। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell