PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

टर्कीमा प्रहरीको हेलिकोप्टर दुर्घटना, १२ जनाको मृत्यु



पहिलोपोस्ट

टर्कीमा प्रहरीको हेलिकोप्टर दुर्घटना, १२ जनाको मृत्यु

टर्की : टर्कीमा १२ जना यात्रु लिएर उडेको प्रहरीको हेलिकोप्टर पूर्वी राज्य टन्सेलीमा मंलगबार दुर्घटनाग्रस्त भएको छ। घटनामा यात्रारत सबै जनाको ज्यान गएको बताइएको छ। विमानमा एक न्यायधीशसहित प्राय सवै प्रहरी अधिकारी सवार थिए। 

एक न्यायाधीश, सात प्रहरी अधिकृत, एक प्रहरी सर्जेन्ट र तीन चालक दलका सदस्य रहेको उक्त हेलिकोप्टरको स्थानीय समयअनुसार मंगलबार ११ बजेर ५० मा राडरसँग सम्पर्क विच्छेद भएको स्थानीय गभर्नरको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

विमान दुर्घटनाग्रस्त भएको इलाकामा खराब मौसमका कारण उद्धार कार्यमा कठिनाई भएको स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गरी बताएका छन्। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell